चिनको गुर्म्र सिटीद्धारा भरतपुर महानगरलाई स्वास्थ्य सामाग्री प्रदान
भरतपुर/ मित्रराष्ट्र चिनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड-19 विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ सामाग्री प्रदान गरेको छ । सो सामाग्री बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बिच जिन्सी शाखालाई प्रदान गर्दै प्राप्त स्वास्थ सामाग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिनुभयो ।
भरतपुर महानगरपालिका र चिनको गुर्मु सिटी बिच भगीनी सम्बन्ध कायम भएसंगै दुई नगरबिच विभन्न विषयमा दुई पक्षिय सहयोग आदान/प्रदान भैरहेको भन्दै यस विपदको अवसरमा यति ठूलो संख्यामा स्वास्थ सामाग्री प्रदान गरेकोमा गुर्मु सिटीको प्रमुख तथा गुर्मुवादी चिनियाँ जनतालाई धन्यवाद व्यक्त गर्नुभयो । विपदको अवस्थामा प्राप्त स्वास्थ्य सामाग्रीले दुई नगरकाबिच भएको भगीनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको बताउनुभयो ।
प्रमुख दाहालले गुर्मु सिटीले यस कोभिड-19 को रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघील्लो घेरामा खटीने कर्मचारीलाई प्रदान गरीने बताउँदै कोरोना रोगको पहिचान, रोकथाम तथा नियन्त्रणको लागि प्राप्त स्वास्थ्य सामाग्रीहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका कोराना-19 विरुद्ध लडिरहेको बताउँदै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण तथा सञ्चालन, पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनहरुको निर्माण र सञ्चालन साथै राहत वितरण कोरोना -19 संग बाच्न नगरबासीहरुलाई सूसुचित गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका कामहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
मित्र राष्ट्र चिनको गुर्मृ सिटीले भरतपुर महानगरपालिकालाई 11 लाख रुपयौँ बराबरको सर्जीकल मास्क 10 हजार थान, N95 मास्क 9 सय 60 थान पिपिई 120 थान र थर्मल गन 1 सय 20 थान लगाएतका सामाग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको हो । सोमबार भरतपुर महानगरपालिकाको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगाएतका प्रतिनिधी मण्डलले नेपाल चिन सिमाना तातोपानीको मितेरी पुलमा प्रदान गरेको थियो ।
सो अवसरमा गुर्मु सिटीका प्रतिनिधी चाङ्ग जिउ लिई लि ले भरतपुर महानगरपालिका र गुर्मु सिटी बिच भगिनी सम्बन्ध कायम भएसंगै दुई पक्षिय सहयोग आदान प्रदान हुँदै आएको भन्दै यस विपदको बेला कोभिड-19 बिरुद्ध लड्न सानै भएपनि स्वास्थ्य सामाग्री प्रदान गर्न पाउँदा गुर्मुबासीको तर्फबाट खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि आवश्यक सहयोग र सद्धभाव कायमै रहने विश्ववास व्यक्त गर्नुभयो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















