नवीन अटो सेन्टरद्धारा एफजेडएस एफ आइ भी थ्री सार्वजनिक
चितवन पत्र । यामाहा मोटरसाइकल तथा स्कुटरको नारायणगढ, चितवन तथा नवलपरासीको आधिकारिक बिक्रेता नवीन अटो सेन्टरमा नेपालमै बनेको एफजेडएस एफ आइ भी थ्री बुधबार सार्वजनिक गरिएको छ ।
एफ आइ भी थ्री को नयाँ डिलक्स संस्करण सार्वजनिक गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यामाहाका नयाँ मोटरसाइकलले ग्राहकको मन जित्ने बताउनु भयो । चितवनको बजारमा बिगत बिस वर्षदेखि एकछत्र राजगदै आएको यामाहाको नयाँ संस्करण सबैको रोजाई हुने बताउनु भयो । उहाँले नेपाली बजारमा नै उत्पादीत सामान भएका कारण पनि नेपालको भुगोल र माग अनुसार मोटरसाईकल निर्माण भएको बताउनु भयो ।
कार्यक्रमममा मोरङ अटो वक्र्सका एरिया सेल्स म्यानेजर मणिभूषण चौधरीले सार्वजनिक गरिएको मोटरसाइकलको बारेमा जानकारी दिनुभएको थियो । सार्वजनिक गरिएको मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लु गरी चार कलरमा उपलब्ध हुने बताउनु भयो । यसमा उत्कृष्ट ह्यान्डलिङ, एयरकूल्ड, फोरस्ट्रोक, भल्भ, एकल सिलिन्डर इन्धन तथा इन्जेक्टेड इन्जिन माउन्टको प्रयोग गरिएको छ । साथै पछाडिको टायरमा डुअल डिस्क ब्रेक र अगाडिको टायरमा एकल च्यानल एबीएसको प्रयोग गरिएको उहाँको भनाई छ । चौधरीले सार्वजनिक गरिएको मोटरसाइकल रेसरहरुको लागि स्पोर्टीनेस स्टाइलमा रहेको जानकारी दिनुभयो । १५० सिसीको यस मोटरसाइकलको बजार मूल्य चार लाख चार हजार ९०० रहेको छ ।

नविन अटो सेन्टरका मैनेजि· डायरेक्टर कपिल सागर कर्माचार्यले एफ आइ भी थ्री धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल रहेको बताउनु भयो । यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताउनु भयो । नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने उहाँको भनाई छ । यामाहाले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको भन्दै उहाँले नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी लागेको बताउनु भयो ।
बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको सो अवसरमा बताईएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य पूर्णिमा श्रेष्ठ र रजनी मास्केले व्यवसायीक सफलताको शुभकामना दिनु भएको थियो ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















