51Shares

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १२ निवासी पारस जङ्ग कार्कीको जन्मदिनमा देवघाटमा रहेको आश्रममा आश्रीत बालिकाहरुलाई भोजन गराइएको छ । नेपालकै प्रसिद्ध देवघाटधाममा रहेको लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित श्री रामजानकी बालिका आश्रमका बालिकाहरुलाई खाना खुवाउँदै छोराको जन्मदिन मनाइएको पारसका बुबा हरि कार्की ‘लक्की’ ले जानकारी दिनुभयो ।

जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिका तथा बृद्धाबृद्धको सेवा गर्नु पाउदा निकै नै खुशी लागेको कार्कीले बताउनुभयो । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने कार्कीले बताउनुभयो ।

नेपाली मौलिक संस्कृतिलाई जोड दिने उद्देश्यले आश्रममा आश्रित बालिकाहरूले हिन्दु धर्म अनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै जन्मदिनको शुभकामना दिएका थिए ।कार्यक्रममा परिवार सहित समाजसेवी चन्द्र कायस्थ, श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्) का अध्यक्ष साबित्री टण्डन, महासचिव रामेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।

आश्रमकी अध्यक्ष टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ ।

२०६७ सालमा स्थापना भएको आश्रममा ३७ जना बालिका रहेका छन् ।

आश्रमको आफ्नै भवन निर्माणको चरणमा छ । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संघ/संस्थाहरुका लागि आश्रमको ढोका संधै खुला रहेको अध्यक्ष टण्डनले बताउनुभयो ।

51Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement