0Shares

प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरेकी थिइन्।

ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद बैठक सञ्चालन गर्नेछन्। सभामुख चयन नहुँदासम्म जबराले नै संसद बैठक चयन गर्नेछन्।

गत मंसिर ४ मा भएको चुनावबाट आएका प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैछन्। संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आज बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।

संसदमा १२ दलको प्रतिनिधित्व छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ। त्यसबारे आजै संसदलाई ज्येष्ठ सदस्य जबराले जानकारी गराउनेछन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement