0Shares

तीन महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

शृङ्खलाबद्ध रूपमा अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा तीन जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती २२ वर्षीया शिवा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूले वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएको आरोप छ।

उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

श्रीमतीसँग मिलेर गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा–१० सिद्धाराकी शिवालाई प्रहरीले पक्राउ गरेको हो।

गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उनीहरू दुवैविरूद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको रिजालले जानकारी दिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement