0Shares
चितवन, २० बैशाख । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्वर २ ले चुनावी घरदैलो सम्पन्न गरेको छ । बैशाख १४ गतेबाट थालिएको घरदैलो व्यापक जनसहभागिताका साथ आज सम्पन्न गरिएको वडा निर्वाचन परिचालन कमिटीका संयाेजक नवराज ढकालले जानकारी दिनुभयो ।
वडा भित्रका १८ वटा टाेलमा रहेका ७ हजार ६४० मतदाता माझ घरदैलो मार्फत उमेदवारहरुले प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेकाे ढकालले बताउनुभयो । एमालेले भरतपुर-२ मा वडा अध्यक्षमा कृष्ण केसी , सदस्यहरुमा प्रशुराम पौडेल , बलराम सिटौला , बेलपत्र श्रेष्ठ र उर्वशी गोतामे लाई उमेदवार बनाएको छ ।
एमालेले अघि सारेका उमेदवारहरुकाे ब्यक्तित्व र एजेन्डाका कारण पार्टी प्रति ब्यापक जनआकर्षण बढेको पाईएकाे ढकालले जानकारी दिनुभयो । वडा भित्रकाे हरेक समस्या र बस्तुगत परिस्थितिबारे आफुहरु जानकार रहेको , त्यसको समाधान गर्ने स्पष्ट कार्ययोजना रहेको वडा अध्यक्षका उमेदवार केसीले बताउनुभयो । घरदैलोका क्रममा वडावासी जनसमुदायले देखाएको स्नेहले आफुहरुकाे जीत सुनिश्चित रहेकाे केसीको बिश्वास छ ।
समृद्ध वडा निर्माणमा आफुहरुकाे सामुहिक प्रतिवद्दता रहेकाे उमेदवारहरुले बताएका छन् । निर्वाचन परिचालन कमिटी संयाेजक ढकालका अनुसार भाेलिवाट मतदाता शिक्षा , अन्तरक्रिया लगायतका कार्यक्रम हुनेछन् ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















