0Shares

रत्ननगर । नेकपा माओवादी केन्द्र रत्ननगर वडा नं ११ का वडा कमिटी सचिव ईश्वरीप्रसाद चौलागाई एमालेमा प्रवेश गर्नुभएको छ । विगत १५ वर्षदेखि माओवादी केन्द्रमा रहेर सक्रिय राजनीति गर्नुभएका चौलागाई स्थानीय तहको निर्वाचनको मुखैमा एमालेमा प्रवेश गर्नुभएको हो ।
एमालेको रत्ननगर नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्याल, जिल्ला कमिटी सदस्य तथा जिल्ला स्कुल विभाग प्रमुख गोपी नेपाल, रत्ननगर काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष टंक दुवाडीले चौलागाईलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा चौलागाईले माओवादी केन्द्रमा चरम विचलन आएको भन्दै सो पार्टीमा आफ्नो भविष्य नदेखेर जनताको प्रिय पार्टी एमालेमा प्रवेश गरेको बताउनुभयो । ‘१५ वर्ष अघि म एमालेमै थिएँ’ उहाँले भन्नुभयो, ‘पछि रोजेको माओवादीले देश र जनताको हितमा काम गर्ने नदेखेर पुरानै पार्टीमा फर्केको हुँ ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement