0Shares

जिल्ला अधिवेशन उद्घाटन गरेको ११ दिन बित्दा पनि नेकपा एमालेले चार जिल्लाको नेतृत्व टुंगो लगाउन सकेको छैन। एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गरेको चितवनमा पनि नेतृत्व चयन रोकिएको छ।

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेखमा नयाँ नेतृत्व चयन प्रक्रिया नै स्थगित छ। चितवनमा पदाधिकारी चयनमा समझदारी जुट्न सकेको छैन।​

२६ गते निर्वाचन तयारी गरिए पनि अध्यक्षमण्डलकै नेताहरु कोरोना संक्रमित भएपछि प्रक्रिया रोकिएको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले बताए।

उनका अनुसार जिल्लामा प्रत्येक क्लष्टरबाट ल्याउने संख्याबारे सहमति जुटिसकेको छ।

अध्यक्षमा राम न्यौपाने हुने लगभग निश्चित जस्तै भए पनि पदाधिकारीमा विवाद छ।

एकताको सन्देश दिन रामबहादुर थापा ‘बादल’निकट नेता प्रकाश खनाललाई पदाधिकारी बनाउने समझदारी जुटिसके पनि उपाध्यक्ष, र सचिवमा आकांक्षी धेरै हुँदा विवाद मिलाउने प्रयास भइरहेको छ। तर त्यही बेला धेरै नेताहरुलाई कोरोना भएपछि सबै प्रक्रिया स्थगित गरिएको छ।

‘चितवन अध्यक्षमा लगभग समझदारी बनिसकेको छ, पदाधिकारीबारे अलिक विवाद छ,’ अधिकारीले  भने।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement