0Shares

चितवन , पुष १३
पूर्वी चितवनको खैरहनीमा रहेको भुवानीशंकर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नया कमिटि गठन भएको छ । नेकपा एमाले निकटको अनेरास्ववियु भुवानीशंकर बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सुजित चौधरी चयन भएका छन् । क्याम्पसमा आज मंगलबार भएको सम्मेलनले २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा अनुप पन्त, सचिवमा रेखा कँडेल, सह(सचिवमा अनिशा गदाल, विश्वास लामिछाने, आयुश भट्टराई र कोषाध्यक्षमा सुजन उप्रेती चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा शिक्षा विभाग उप(प्रमुख जे।एन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रकाश भट्ट, नेकपा एमाले खैरहनी नगर कमिटी अध्यक्ष पुर्ण डल्लाकोटी, अनेरास्ववियु सचिवालय सदस्य केशव कडेल, देव पाठक, अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश आचार्य, राष्ट्रिय  युवा संघ खैरहनीका अध्यक्ष कुमार थापा मगर, जिल्लाका नेकपा एमालेका युवा नेताहरु सुरज थपलिया, शिव ढकाल, हरि आचार्य, सरोज तिमल्सिना, प्रकाश कालाखेती, अमन कडेल, राजेन्द्र सापकोटा, अनुज न्यौपाने लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक प्रताप उप्रेतीले सन्चालक गर्नु भएको कार्यक्रम अनेरास्ववियु भुवानीशंकर बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष केशव रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement