0Shares

माडी, ३ मंसिर । नेकप एमालेका १० औं महाधिवेशन सफल पार्न नेकपा एमाले माडी नगर कमिटी जागेको छ । बाँदरमुढे जस्तो जघन्य अपराध सहेको माडीले एमालेको महाधिवेशन सफल बनाउन नगरदेखि गाउँसम्म जुरुक्कै उठेको छ । माडीका मुख्य शहरी क्षेत्रदेखि गाउँगाउँसम्म एमालेमय बनेको छ । हरेक टोलमा महाधिवेशनको चर्चा गलेको छ भने यसलाई सफल बनाउन सबै लागिपरेका छन् ।

नेकपा एमाले माडी नगर कमिटी बैठक कमिटी अध्यक्ष आज अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य हरि सापकोटा, बाग्मती प्रदेश कमिटी सदस्य सरस्वती बिष्ट, रामप्रसाद न्यौपाने, नगर ईन्चचार्ज शिवहरी सुवेदी लगायतले महाधिवेशन सफ बनाउन लाग्न निर्देशन दिनुभयो । उहाँहरुले जिल्ला, प्रदेश र केन्द्रका सर्कुलर कार्यान्वयन गर्दै नगरले योजना बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैठकले जिल्लाको सर्कुलर जानकारी गराई, नगर ईन्चार्ज शिवहरी सुवेदीको संयोजकत्वमा नगर कमिटी , वडा कमिटी, अनेम संघ, राष्ट्रिय युवा संघ, किसान संघ लगायत विभिन्न जनवर्गीय संगठनका सदस्य रहने गरि ५०१ सदस्यीय माडी स्तरीय महाधिवेशन जनपरिचालन समिति गठन गरेको छ । सो समितिले महाधिवेशन सफल पार्न कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

बैठकले माडी ३ का पार्टी अध्यक्ष मधुराम चौधरीका ८० वर्षिय पिता मदारी चौधरीको निधनप्रति दुख प्रकट गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । साथै बैठकमा नौ वटा वडाको रिपोर्टिङ समेत गरिएको छ । महाधिवेशनमा माडीले उल्लेख्य रुपमा भूमिका खेल्ने र जनसहभागिता पनि उल्लेख्य रुपमा गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement