देवघाटधामको परिक्रमा गरिदै
काक्तिक ३०, देवघाट। देवघाटधाममा गण्डकी परिक्रमा २०७८ हुने भएको छ । मंसिर १ गते धार्मिक पर्यटनको प्रवद्र्दन गर्ने उदेश्यका साथ देवघाट क्षेत्र बिकास समितिले मंसिर १ गते देवघाटधमको पूर्ण परिक्रमा कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
देवघाटधामको धार्मिक महत्व, एवं भौतिक विकासलाई संवर्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उदेश्यका साथ गण्डकी परक्रिमा कार्यक्रमको आयोजना गरिएको देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा दुर्लभ देवनदीहरुको पूजन, सिद्द हरिहरक्षेत्रको भ्रमण, मौलाकालिका दर्शन, लगाएतका कार्यक्रम हुने समेत निर्देशक घिमिरेले जानकारी दिनुभयो ।
सो अवसरमा बिहान सात बजेबाट हुने परिक्रमा तनहँ तर्फ देवघाट वेणीसगंम, चितवनतर्फ देवघाट वसपार्क हुदै नवलपुर तर्फ गैडाकोटाको पुलचोक हुदै मौलाकालिकासम्म परिक्रमा हुने निर्देशक घिमिरेले बताउनु भएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















