केपी ओलीले भने ‘जग्गा दान गर्नेलाई अझै दान गर्न मन लाग्छ’
प्रेस चौतारी चितवन र एमाले अध्यक्षको भेटघाट
१७, कार्तिक, चितवन
प्रेस चौतारी चितवनका जग्गाका दाता तेजबहादुर कार्की (केशव) लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चौतारीलाई जग्गा दान गरेकोमा खुसी व्यक्त गरेका छन् । चितवन आएका सन्दर्भमा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका बेला उनलाई धन्यवाद र वधाई दिएका हुन् । एमाले अध्यक्ष ओलीले कार्कीलाई दान गर्ने मान्छेहरुलाई राम्रो कामका लागि अझै दान गर्दै जान मन लाग्ने बताए । ‘दानमा सन्तुष्टि हुन्छ, अझै दान गर्न मन लाग्छ’ एमाले अध्यक्ष ओलीले कार्कीलाई भने, ‘दान गर्दा एक खालको आनन्द प्राप्ती पनि हुन्छ ।’ सो क्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले प्रेस चौतारी चितवनको अवस्था, जग्गादाता कार्कीले गरेको सहयोगका बारेमा अध्यक्ष केपी ओलीलाई ब्रिफिङ गरेका थिए । भेटमा व्यवसायी कार्कीले आफूले पार्टीलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि सकेको सहयोग गर्दै जाने बताए।
प्रभु हाउजिङ एण्ड प्रोपटिज डिर्लसकातर्फबाट युवा व्यवसायी एवम् समाजसेवी तेजबहादुर कार्की ( केशव) ले २०७३ सालमा प्रेस चौतारी चितवनलाई भवन बनाउन भन्दैं भरतपुर ११ बसेनीमा साढे नौ धुर जग्गा उपलब्ध गराएका थिए ।
अहिले सो जग्गाको मूल्य झण्डै ७० लाख पर्न आउँछ । पेशागत पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपालको देशभरीमा आफ्नो नाममा जग्गा भएको चितवनमा मात्रै हो । प्रेस चौतारी चितवनले सो स्थानमा भवन निर्माण गर्ने तयारी गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















