0Shares

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।

तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए । उनले  भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement