0Shares

भरतपुर / पत्रकार तथा आख्यानकार बसन्त पराजुलीले प्राप्त गर्नु भएको चिसाप राजकृष्ण कंडेल स्मृति साहित्य पुरस्कारको राशी महिला हिंसा नियन्त्रणका क्षेत्रमा कृयाशिल आदर्श गृहलाई सहयोग गर्नुभएको छ । गृहमा शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीले अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डित मार्फत सो रकम गृहकी संरक्षक मीना खरेललाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै पत्रकार पराजुलीले महिला हिंसाको अवस्था केन्द्रित गर्दै लेखिएको ‘कुमाता’ कथा संग्रहले पाएको पुरस्कार राशी महिला हिंसाकै क्षेत्रमा सहयोग गर्ने आफ्नो मन भएकाले सो सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष पण्डितले सामाजिक क्षेत्र त्यसमा पनि हिंसा पीडित महिलाहरुका क्षेत्रमा सबैले तनमन र धनले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
कपडा सिलाउन प्रयोगमा आउने ५० थान लेस र सम्पूर्ण किताव नारायणगढका सञ्चालक लेखराम सापकोटाले केही थान सहित्यिक किताव पनि गृहलाई उपलब्ध गराएको उनले जानकारी दिनुभयो ।
त्यस्तै चितवन साहित्य परिषदका सचिव बालकृष्ण थपलियाले सामाजिक क्षेत्रमा पिछडिएर रहेका समुदायको रक्षाका लागि नागरिकहरुको सहयोग आवश्यक हुने बताउनुभयो ।
गृहकी संरक्षक खरेलले सबैलाई धन्यवाद दिदैँ महिला हिंसा नियन्त्रणका क्षेत्रमा पत्रकार र साहित्यकारहरुको सँधै निगरानी हुनुपर्ने बताउनुभयो ।
कथासग्रह ‘कुमाता’कालागि चितवन साहित्य परिषदले नगद राशी सहितको पुरस्कार झण्डै दुई महिना अघि पराजुलीलाई उपलब्ध गराएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement