0Shares

काठमाडौँ । नेपालमा आज सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ११५४ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १००५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या १७६११ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१५ पुगेको मन्त्रालयले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement