0Shares

काठमाण्डौ – रिचार्ज गरेको रकम जति नै बोनस उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । कोरोना भाइरसको कारण देश ‘लकडाउन’ हुँदा नागरिकले समस्या भोगेको भन्दै प्राधिकरणले जति रिचार्ज गरेको त्यत्ति नै बोनस दिन निर्देशन दिएको हो ।

सापटी सेवाको सीमा बढाएर २ सय रुपैयाँ पुर्याउन निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले  जानकारी दिनुभयो । सेवा प्रदायकले यो बेलामा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अफर ल्याएमा राम्रो हुने पनि अध्यक्ष खनालले बताउनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement