20Shares

चितवन, १२ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड(१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्म १८ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्र्ड मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ८१० पुगेको छ ।
अहिलेसम्म विश्वभर ४ लाख २१ हजार ४१३ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ८ हजार ३८८ जना उपचारपछि घर फर्किएका छन् । अहिले २ लाख ९४ हजार २१५ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १३ हजार २६९ जना भने गम्भीर अवस्थामा छन् ।
इटालीमा ६ हजार ८२० को मृत्यु
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । वल्र्ड मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८२० पुगेको छ । चीनमा भने ३ हजार २७७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ७४३ जनाको मृत्यु भएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ६९ हजार १७६ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ८ हजार ३२६ जना पूर्ण रुपमा निको भएका छन् ।
अहिले इटालीमा ५४ हजार ३० जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ३ हजार ३९३ को अवस्था गम्भीर रहेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा फैलिसकेको छ ।

20Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement