2Shares

चितवन । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्युको कारण अझै प्राप्त भएको छैन ।
चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान भर्ना गरी आइसोलेसनमा राखिएका बीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान मृत्यु भएको थियो ।
भरतपुर कोरोना अस्पतालमा मृत्युु भएका ती युवकको स्वाब काठमाडौं पु¥याउने काम भएको हो । उनका बारे कोरोना नेगेटिभ रिपोर्ट आएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।
कोरोना नियन्त्रण कार्यदल, भरतपुरका सदस्यसचिव डा. भोजराज अधिकारीले ती युवकको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं पठाइएपनि हालसम्म रिपोर्ट प्राप्त नभएको जानकारी दिएका छन् ।

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement