3Shares

काबुल — अफगानिस्तानको कापिसा प्रान्तमा शनिबार भएको गोली हानाहानमा सरकार समर्थित चार र विद्रोही तीनजना लडाकुको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम शेखले तालिबान लडाकुको एक समूहले निजरब जिल्लाको एक प्रहरी चौकीमा शनिबार बिहान आक्रमण गरेको बताए । दुबैतर्फ झण्डै एक घण्टा गोली हानाहान भएको प्रवक्ता करिमको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

अमेरिका र तालिबानबीच शान्ति सम्झौता भएपनि अफगान सरकार र विद्रोही समूहबीच वार्ता हुन सकेको छैन । खासगरी अफगानिस्तानका जेलमा रहेका पाँच हजार लडाकुलाई बिनाशर्त छाड्नुपर्ने तालिबानको मागलाई अफगान सरकारले अस्वीकार गरेपछि वार्ता अनिश्चित भएको छ ।

शुक्रबार राति तालिबानको आक्रमणमा दक्षिणी जाबुल प्रान्तमा दुई दर्जनभन्दा बढी सैनिक मारिएका थिए ।
3Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement