211Shares

गैँडाकोट । पत्रकार वसन्त पराजुलीको कथा संग्रह ‘कुमाता’ सोमबार एक समारोहबीच सार्वजनिक गरिएको छ । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा लेखककी आमा गोमा पराजुली र कार्यक्रमका प्रमुख अतिथि एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदनले पुस्तक विमोचन गरेका हुन् ।

भुँडी पुराण प्रकाशन प्रा. लि. ले बजारमा ल्याएको कुमाताभित्र दस वटा छोटा कथाहरु समावेश छन् । कुमातामाथि कथाकार प्राडा हरिहर पौडेल र समीक्षक डा एकनारायण पौडेलले टिप्पणी गरेका थिए ।

कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, अक्षर समूह चितवनका संस्थापक अध्यक्ष भूपिन खड्का, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले पैसाको भरमा, शक्तिको बलमा लेखक कहलिएकाहरु कालान्तरमा हराउने बताए । ‘उनीहरु जीवनमा कहिल्यै लेखक बन्न सक्दैनन्’ श्रेष्ठले भने, ‘म लेखक भनेर परिचय दिनु पर्छ ।’

अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष द्वारिका नेपालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लेखक वसन्त पराजुली र प्रकाशक संस्था भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुलीले पनि मन्तव्य राखेका थिए ।

 

211Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement