1Shares

२० माघ । नारायणी नदी किनारको कोटीहोममा उधारो लगानी गरेका चितवनका व्यवसायीले आफ्नो रकम उठाइदिन हारगुहार गर्दै हिडेका छन् ।

माघ ११ गतेबाट नदी किनारमा सुरु भएको कोटीहोम महायज्ञका प्रमुख बाचक बालयोगेश्वर ठगी आरोपमा भागेपछि यज्ञ रोकिएको छ । एक महिनासम्म कोटीहोम सञ्चालन गर्ने भन्दै यज्ञ स्थलमा लगाएको टेण्ट, फ्लेक्स, संरचना निर्माणमा लगानी गरेकाहरुले रकम उठाइदिन सहयोग गर्न सामाजिक व्यक्तिहरुलाई अनुरोध गरेका छन् ।
यज्ञका बाचक बालयोगेश्वर आफैले आवश्यक पर्ने सामग्रीको लागि व्यक्तिसंग सम्झौता गरेका थिए । यज्ञमा रकम उठेपछि दिने भन्दै नारायणगढका विभिन्न व्यापारीसंग लाखौ रकमको काम लिएका थिए । बाचक बालयोगेश्वर विजय भण्डारीले विभिन्न व्यक्तिसंग ठगी गरी रकम उठाएको भन्ने समाचार बाहिर आएपछि उनी भागेका थिए । बाचकनै भागेपछि यज्ञ रोकिएको थियो ।
यज्ञस्थलमा लगानी गरेका न्यु सगुन टेण्ट हाउसका सञ्चालक करेश अहमदले टेण्टको ३६ लाख रकम उदारो भएको बताउनु भयो । यज्ञमा लगाइएको सामग्रीको लागत रकम चेक दिएको र सो रकम नसाटिएको भन्दै उठाउन सहयोग गरिदिन सामाजिक व्यक्तिसंग परामर्श गरेका छन् । उहाले भन्नु भयो रकम दिदै जाने भन्दै उदारो काम लगाए यज्ञ नचलेपछि बाचक भागे अहिले हामी डुव्यौ ।
ओम फ्लेक्सका सञ्चालक विनोद श्रेष्ठले आफ्नो मात्रै चार लाख रुपियाँ भन्दा धेरै रकम लिन बाँकी रहेको बताउनु भयो । विभिन्न समयमा काम गरेको रकम बाँकी रहेकाले उठाइदिन प्रहरी प्रशासनले सहयोग गर्नु पर्ने बताउनु भयो ।
रकम उठ्दै दिदै गर्छु भनेपछि काम गरेको तर भागेपछि को संग माग्ने उहाले भन्नु भयो । उहा जस्तै एक दर्जन भन्दा धेरैको रकम उठ्न बाँकी रहेको छ । रकम उठाइदिनको लागि सहयोग माग्नु भएका महायज्ञ पीडितले प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेका छन् ।

बालयोगेश्वर उर्फ विजय भण्डारीले तिर्नु पर्ने रकमहरु
संगम टेण्ट हाउस ३६ लाख,
ओम फ्लेक्स चारलाख ७२ हजार ५० रुपियाँ,
नमस्ते फ्लेक्स चारलाख,
हिमालय युनिफर्म चारलाख ४५ हजार,
श्रृष्टि खाजाघर पाँच लाख १५ हजार सातसय ५१ रुपियाँ,
रामबहादुर तामाङ (खर व्यापारी) दुइलाख ८० हजार,
बारु पसल दुइ लाख ४५ हजार,
दिपेन्द्र महतो ५० हजार,
ओम ट्रेडर्स प्लाष्टिक एकलाख ६९ हजार,
मिलन कपडा पसल ६० हजार,
सुरक्षागार्ड एकलाख ५० हजार,
अष्टभुजा पेट्रोलपम्प पाँच लाख ५० हजार रुपियाँ तिर्न बाँकी रहेको छ ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement