महायज्ञमा रंगशाला निर्माणको लागि दिनेश चुकेले दिए १० लाख
चितवन, माघ २०-
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि सञ्चालित महायज्ञमा नारायणगढका समाजसेवी दिनेशकुमार चुकेले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
चुके धनधान्यान्चल महायज्ञका महासचिव, विभिन्न सामाजिक कार्यमा सक्रिय गणेशधाम संरक्षण संरक्षण समितिका अध्यक्ष, होटल गंगोत्रीका अध्यक्ष अन्य संस्थाहरुमा आवद्ध आदरणीय व्यक्तित्व हुन् । चुकेसँगै उनकी धर्मपत्नी सन्ध्या लक्ष्मी चुकेले सो सहयोग गरेका हुन् ।
५० करोड रुपैयाँ संकलनको लक्ष्यसहित चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गरिएको धनधान्याचल महोत्सवमा श्रीमद्भागवत माहापुराण वाचन सुरु भएको छ । आइतबार उद्घाटन भएको महोत्सवमा आजबाट श्रीमद्भागवत माहापुराण सुरु भएको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । धनधान्याचल महोत्सवका प्रमुख वाचक पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत माहापुराण सुरु भएको उनले बताए ।
महापुराण वाचनसँगै भजन कीर्तनका साथमा विविध धर्मका आध्यात्मिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम पनि सुरु भएको उनले बताए । यस्तै आज बिहानैबाट दाताहरुको दान गर्ने क्रम पनि सुरु भएको उनले बताए । यसैबीच निर्माणाधीन रंगशालामा सुरु भएको धनधान्याचल महोत्सवमा ९४ वर्षीय वृद्वाले तुलादान गरेकी छिन् । भरतपुर महानगरपालिका–२४ ध्रुवकी ९४ वर्षीय खिला कुमारी गोदारले आफ्नो तौल ४५.८६ को ११ हजार बराबरको तुला दान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् । वृद्ववृद्वाले तुला दान गर्दा शुभ हुने धार्मिक परम्परा रहेकोले दान गरेको गोदारले बताइन् । गोदारसँगै अन्य भक्तजनहरुले पनि तुलादानको लागि नाम दर्ता गराएको समिति संयोजक शर्माले जानकारी दिइन् ।
२६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















