भारद्वाज ऋषि आश्रमको देवघाटमा शिलान्यास
महायज्ञमा ८५ लाख दान रकम संकलन
भरतपुर । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको केन्द्रीय कार्यालय र भारद्वाज ऋषि आश्रमको बिहीबार देवघाटमा शिलान्यास गरिएको छ । प्रतिनिधि सभाका सांसद एवम् प्रतिष्ठानका सल्लाहकार कृष्णभक्त पोखरेलले प्रतिष्ठानले निर्माण गर्ने कार्यालयसहित आश्रमको शिलान्यास गर्नुभएको हो ।
आश्रम स्थापना गर्न स्व। चुडामणि पोखरेलले करिब एक कठ्ठा भन्दा बढी जग्गा चितवनको देवघाटमा प्रदान गर्नुभएको थियो । शिलान्यास समारोह कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सांसद पोखरेलले भवन निर्माणमा लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सांसद पोखरेलले यस वर्षको सांसद विकास कोषबाट दश लाख रुपियाँ प्रदान गरिसक्नुभएको छ ।
भवनको डिजाइन बिजय इन्जिनियरिंग कन्सल्टेन्सीले गरिरहेको छ । यसका लागि प्रतिष्ठानका काठमाडौँ जिल्ला समितिका अध्यक्ष धर्मराज पोखरेलले सहयोग गर्नुभएको छ । शिलान्यास कार्यक्रममा वाचन प्रवीण दिनबन्धु पोखरेलले देवघाटजस्तो पवीत्र स्थानमा सुविधासम्पन्न भवन बन्नुले पोखरेल परिवारलाई मात्र होइन, समस्त धर्मावलम्बीहरुलाई यसले फाइदा पुग्ने बताउनुभयो । प्रतिष्ठानको भवन निर्माण उपभोक्ता समितिका संयोजक शंकरराज पोखरेलका नुसार भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले पच्चिस सय रुपियाँमा भूमी दान गर्ने व्यवस्था मिलाइएको बारे जानकारी गराउनुभयो ।
शिलान्यास कार्यक्रममा उपवाचक दुर्गा पोखरेल, सल्लाहकारहरु भोलानाथ पोखरेल, इश्वरी पोखरेल, रुद्र पोखरेलसहित प्रतिष्ठानका केन्द्रीय समितिलगायत भारतद्वाज गोत्रीय पोखरेलहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो भने शिलान्यासको औपचारिक कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद पोखरेलले गर्नुभएको थियो ।
शिलान्यास समारोहमा भवन निर्माणका लागि प्रतिष्ठानका उपाध्यक्ष शान्तप्रसाद पोखरेल र उहाँका भाई अशोक पोखरेलले एक लाख सात हजार रुपियाँ र यदुनाथ पोखरेलले एघार हजार एक सय एघार रुपियाँ प्रदान गर्नुभएको थियो ।
महायज्ञको बिहिवार आज छैटौ दिन झन्डै ८५ लाख दान रकम संकलन भएको आर्थीक समिति संयोजक भिमप्रसाद पोखरेलले बताउनुभएको छ । जीन्सी सामानको मुल्याङ्कन भईनसकेको पोखरेलले जानकारी दिनुभएको छ ।
भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानद्धारा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल विराट महायज्ञ भरतपुर ६ ईन्द्रपुरीमा सञ्चालन भएको छ ।े महायज्ञमा श्रद्धालु्भक्तजन हरुको उत्साह जनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
महायज्ञको रकमबाट देवघाटमा भारद्वाज गोत्रिय पोखरेल प्रतिष्ठानको केन्द्रय कार्यलय निमार्ण, भारद्वाज ऋषिको आश्रम निमार्ण, धार्मिक पुस्तकालय निमार्ण गरिने छ । कुलदेव मन्दिर निमार्ण, पितृमोक्ष दान, एम्बुलेन्स सञ्चालन, भारद्वाज गोत्रिय पोखरेलहको वंशावली निमार्ण र विपन्न व्यक्तिको स्वास्थ्य उपचारामा सहयोगका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
महायज्ञमा वेदपाठ पारायण, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भूमिदान, ब्रतवन्ध, विवाह, चौरासी पूजा, ग्रहशान्ति, लक्ष्यदीप प्रज्ज्वलन, हवन, १००८ शालिगा्रम पूजा तथा परिक्रमा लगायतका कार्यक्रमहरुरहेका छन् ।
महायज्ञमा दैनिक बिहान ११ बजेदेखि वाचन प्रविण दिनबन्धु पोखरेलले कथा प्रवाचन गरिरहनुभएको छ । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भीमप्रसाद पोखरेलले जानकारी दिनुभयो । महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ ।
यसैगरी एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिनुभयो । आगामी माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहनुभएको छ ।




















