7Shares

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कून) को नयाँ सञ्चालक समितिलाई चितवनमा स्वागत गरिएको छ । नेफस्कुन नेपालभरिका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो ।
नेफस्कूनको २८ औ वार्षिक साधारणसभामा निर्वाचित पदाधिकारी, लेखा सुपरिवेक्षण समीति संयोजक तथा प्रदेश नं. ३ सहकारी संघ र प्रदेश बचत संघका पदाधिकारीलाई सम्मान गर्दै भरतपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
औपचारिक रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिएसँगै नेफस्कुनका नवनिर्वाचित पदाधिकारी र सदस्यरुलाई विभिन्न क्षेत्रबाट बधाई र सम्मान दिने काम भईरहेको छ । निर्वाचित सञ्चालक समितिले पौष ६ गते सपथ ग्रहण लिएको थियो ।
नेफस्कून भनेको नेपालभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो । नेफस्कूनको यतिबेला १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति चयन भएको छ । जसमध्ये चितवनबाट सञ्चालक समितिको उपाध्यक्षमा शान्ती ढकाल अधिकारी र सदस्यमा विद्या कोइराला तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा नवराज सापकोटा निर्वाचित भएका थिए ।
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ तथा संघमा आबद्व सदस्य हरुको आयोजनामा भएको बधाई तथा स्वागत कार्यक्रममा नेफस्कूनका नवनिर्वाचित अध्यक्ष परितोष पौडलले जिम्मेवारी बोधका साथ सहकारी अभियानलाई अगाडी बढाउने बताए ।
सहकारीको विषयमा सरकार नीतिगत रुपमा स्पष्ट भएको भन्दै उनले राष्ट्रिय रणनीतिमा नेफस्कूनले मिलेर काम गर्ने बताए । अध्यक्ष पौडेलले देशमा नयाँ प्रविधिहरु भित्रीएको भन्दै सहकारीहरुले नयाँ प्रविधिलाई आत्मसात गर्न आवश्यक रहेको बताए । अब सहकारीलाई प्रविधिमैत्री बनाउन सकिएन भने सहकारीका सदस्यहरुप्रति संस्था जवाफदेही बन्न नसक्ने नवनिर्वाचित अध्यक्ष पौडेलको आशंका थियो ।
अन्तरक्रिया कार्यक्रममा नेफस्कून उपाध्यक्ष शान्ति अधिकारीले जिम्मेवारीका साथ काम गर्ने भन्दै सहकारीका सदस्यहरुलाई व्यावसायिक बनाउन लागिपर्ने बताईन् ।
आफू महिलाबाटै उपाध्यक्ष भएकाले नेतृत्वमा पुगिसकेका महिलाको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पनि सबैलाई समन्वय गरेर अगाडि बढ्ने उनले प्रतिक्रिया व्यक्त गरिन् ।
कार्यक्रममा महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा र सञ्चालक सदस्य विद्या कोइरालाले समग्र सहकारी अभियानको कार्यदिशा र नेफस्कुनको योजनाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।

7Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement