0Shares

भरतपुर, २१ मंसिर । बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा महोत्सव प्रचार प्रसार गर्ने उद्देश्यले पूर्व विद्यार्थीहरुले शनिबार वृहद् साईकल ¥यालीको आयोजना गरेका छन् । बालकुमारीका पूर्व विद्यार्थीहरुको संस्था बालमाविद् एलुम्नाई एशोसियशनको आयोजनामा भएको साईकल ¥याली विद्यालयबाट सुरु भई भरतपुर–नारायणगढ परिक्रमा गरी विद्यालयमै आएर समापन भएको थियो ।
साईकल ¥यालीको शुभारम्भ प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले गरेका थिए । ¥यालीको समापन गर्दैै सांसद भुर्तेलले चितवनमा शैक्षिक ईतिहास बोकेको बालकुमारीमा स्वर्ण महोत्सवका अवसरमा भएगरेका कार्यक्रम सफल हुँदै गईरहेकाले महोत्सवको समापन पनि सफल हुने राय व्यक्त गरे । स्वर्ण महोत्सवको समापन आगामी मंसिर २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।
कार्यक्रममा साईकल राइडर्स संघ, चितवनका उपाध्यक्ष पदमबहादुर बानियाँ, साईकल राईढर अभियन्ता रुक्मिणी सापकोट घिमिरे, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधान, प्रधानाध्यापक नारायणबहादुर थापालगायतले साईकलको प्रयोग गर्नु पर्यावरण र मानव स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको जानकारी बताउँदै विद्यालयको स्वर्ण महोत्सवका लागि यस्तो कार्यक्रम प्रचारप्रसारको राम्रो माध्यम भएको बताए ।
साईकल ¥यालीकै कार्यक्रममा शनिबार नै ‘ बालकुमारी स्वर्ण जयन्ती २०७६’ लेखिएको बेलुन पुलचोकमा पुगेर सामुहिक रुपमा उडाइएको थियो ।
एलुम्नाईको महासचिव सेवन पन्तले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष बद्रिलाल प्रधानले गरेका थिए । आगामी मंसिर २७ गते स्वर्ण महोत्सवकै अवसरमा पूर्व विद्यार्थीहरुले शिक्षक र विद्यार्थीहरुबीच पुनर्मिलन कार्यक्रमको आयोजना गर्दैछन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement