0Shares

भरतपुर महानगरपालिकाले अार्थिक बर्ष २०७६/०७७ काे लागि रु.३ अर्व ३७ कराेड ३१ लाख १७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकाे छ ।
यसका लागि आन्तरिक अाय ८० कराेड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ४२ कराेड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकार बाट ५३ कराेड २५ लाख ७१ हजार, अन्यवाट रु १ कराेड ५० लाख, जनसहभागिता बाट ३० कराेड र बैंक माैज्दात ३० कराेड रहने प्रक्षेपण गरिएको छ ।
पुर्वाधार विकास, रङ्गशाला निर्माण, सडक निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन अादिलाई नीति कार्यक्रममा प्राथमिकता दिईएकाे छ ।
चालु अार्थिक बर्षकाे पुरक समेत गरि ३ अर्व ७६ कराेड ३ लाख ९४ हजार बजेटमा चालू शिर्षकमा असारको पहिलो हप्ता सम्म ६७.२ प्रतिशत र पुजिगत तर्फ ४५ प्रतिशत खर्च भएको छ । भरतपुरमा भएको नगरसभामा प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम , उपप्रमुख पार्वती शाहले अाय व्यय विवरण प्रस्तुुत गर्नुभयाे । कार्यक्रममा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि हुनुहुन्छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement