0Shares

बल टेम्परिङ कारण अष्ट्रेलियन पूर्वकप्तान स्टिभ स्मिथ र डेविड वार्नरमाथि लागेको एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध सकिएको छ ।

केपटाउनमा गत चैतमा भएको दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा बल टेम्परिङ गरेको पुष्टि भएपछि अष्ट्रेलियन क्रिकेट बोर्डले तात्कालिन कप्तान स्मिथ र वार्नरलाई १ वर्षका लागि निलम्बन गरेको थियो । उनीहरुसँगै ९ महिने प्रतिबन्धमा परेका क्यामरन ब्यान्क्रफ्टको निलम्बन गत पुषमै सकिसकेको छ ।

प्रतिबन्ध फुकुवासँगै यि दुई भरपर्दा खेलाडी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि टोलीमा पुनरागमन गर्ने बताइएको छ । जारी इन्डियन प्रिमियर लिग आईपीएला स्मिथ राजस्थान रोयल्स र वार्नर सनराइज हैदरावादबाट खेलिरहेका छन् । यि दुई खेलाडी सम्मिलित टोलीबीच आज प्रतिस्पर्धा हुँदैछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement