0Shares

तुलसी

तुलसी २–३ फिट अग्लो हुन्छ । उष्ण र समशीतोष्ण क्षेत्रमा विशेष गरी यो पाउँन सकिन्छ । धार्मिक महत्व बोकेको तुलसीको घर घरमा पुजा गर्ने प्रचलन छ । नेपाली र हिन्दीमा यसलाई तुलसी नै भनिन्छ । तुलसी सेतो, कालो दुई थरिको हुन्छ । यसको सर्वाङ्ग (जरा, पात, डाठ, काण्ड, फूल) नै प्रयोग गरिन्छ । अग्निदीपक, हृदयलाई हितकारी, गरम÷तातो दाहा, समस्त वातब्याधिनाशक, रक्त क्यान्सरलगायतका सयौं रोगहरुमा यसको उपयोग गरिन्छ । साथै तुलसीको १०१ गुणहरु छन् । यसको उपयोगिताले मानव जीवनको कल्याण गरिरहेको छ । यो शक्तिपूर्ण दिव्यौषधि हो । तुलसी वीर्यबद्र्धक, धातु रोगनाशक हो र शीघ्रपतनलाई हरण गरी वीर्यस्तम्भन गराउँछ । मधुमेह, चर्मरोग, ज्वरनाशक, वातहर, कफनाशक, उत्तेजक, वायुनाशकलगायतका रोगलाई चमत्कारी फाइदा गर्दछ ।

सयपत्री
सयपत्री १२०० मिटर उचाइसम्म राम्रो खेती गर्न सकिन्छ । कात्र्तिकमा पहेंलो फुल्ने २–३ फिट अग्लो, बास्नादार फूल गाउँ–घरमा प्रशस्त पाइन्छ । यसबाट अत्तर समेत निकालिन्छ । यसलाई नेपालीमा सयपत्री, हिन्दीमा गेंदा, सस्कृतमा पद्यचारिणी भनिन्छ । मूत्रकृच्छ«, पथ्थरी, शूल, श्वास र विषविकास नाशक हुन्छ । यो कटु, तीतो, टर्रो र वात–पित्तनाशक हुन्छ । सयपत्रीका सबै वृक्षका गुण प्रायः एकैनासे हुन्छन् । सयपत्रीको पात र फुलको प्रयोग गर्ने प्रचलन छ । रक्तविकार सम्बन्धी रोग, गर्मीपित्त, पेट पोल्ने र दुख्नेमा यसको प्रयोग गरिन्छ । छालाको रोग, कानको पीडा, स्तनको सूजनमा समेत यसले लाभ गर्दछ । सयपत्री सानो प्रजातीको १ फिट अग्लो फुल्ने पनि हुन्छ । यसको स्वाद मीठो र स्वभाव शीतल हुन्छ । यसले पनि ठूलो सयपत्री जस्तै रगत शोधन, छालाका रोग, चर्मविकार, मासिक अधर्म, कलेजोज्वर, पित्तरोग, अम्लपित्त, अर्श, पेटको घाउ आदिमा राम्रो फाइदा गर्दछ ।

गुर्जो
सजिलोसँग छिटो विस्तार भई सर्ने पराश्रयी लता हो गुर्जो । औषधिय गुणले परिपूर्ण गुर्जो तिक्त र टर्रो (कषाय) हुन्छ । घामताप परेको गुर्जोमा शामक गुण अत्यन्त आश्चर्यजनक हुन्छ । कालो गुर्जो लहरा काँडाकाँडा जस्तो देखिने कन्टङ्कित बोव्रmा र लहरा कमै मात्र पाइन्छ । यो दुर्लभ छ । अन्य गुर्जो भने प्रशस्त मात्रामा पाइन्छ । यसको लहरालाई चिनी लहरा पनि भनिन्छ । नेपालीमा गुर्जो, हिन्दीमा गिलोय र संस्कृतमा गुड्ची भन्ने चलन छ । जुन रुखमा यसको लहरा बेरिएको हुन्छ त्यो रुखको औषधिय गुण पनि केही मात्रामा यसमा सरेको हुन्छ । प्रत्येक मानिसले यो लहराको प्रयोग गर्न सक्छन् । त्रिदोषलाई सन्तुलन राखी व्यवस्थित उपचार गरिरहने काम गर्छ । यसको लहरा र पातको प्रयोग गरिन्छ । रक्त घटबढ, पित्त र गर्मी ज्वरनाशक, रक्तशोधक गुण यसमा हुन्छ । मासिक धर्मको गडबडीमा, विषमज्वर, यकृत् कलेजोका कारण हुने रोगहरु जलोदर, हेपाटाइटिस (पाँचै प्रकार) मा समेत यसले चमत्कारी लाभ गर्छ । उदर रोग मन्दाअग्निमा गुर्जोले सफलतापूर्वक उपचार गर्छ । दिलको धड्कन बढ्ने, उच्चरक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पौरुषग्रन्थि बढ्ने, पत्थरी, मूत्ररोग, मधुमेह, धातुरोग, आदिमा गुर्जोले चमत्कारी लाभ गर्दछ । गुर्जोको सत्व (चिनी) वा धुलो र चोपले शरीरको जीवनीतत्व र रोग निवारक शक्ति बढाउनेमा क्षमता राख्दछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement