0Shares

चितवन, चैत १९ –

नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ । फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्ने छ ।

जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् ।

जिल्लाका ९८ वटै वडामा अभियानको वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरी जिल्ला पार्टी नेतृत्वले कार्यक्षेत्रमा खटाएको छ । उनीहरुले टोलटोलमा पुगेर त्यहाँका नेतृत्वलाई कार्य विभाजन गराई अभियान चलाइरहेका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार जनतासँग एमाले अभियानअन्तर्गत जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने खालका विभिन्न कार्यक्रम, एक वडा एक रचनात्मक कार्यक्रम सञ्चालन,पार्टी सदस्यता नविकरण, नयाँ पार्टी सदस्यता बितरण, वडास्तरमा प्रशिक्षण कार्यक्रम, टोल एवम् वडा कमिटीहरु गठन पुनःगठन गर्ने कामहरु भइरहेका छन् ।

यसैगरी स्थानीयस्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरुका बारेमा अभियानका क्रममा जनतालाई सुसूचित गराउने, वार्डस्तरमा रहेका संघसंस्थाहरुको बिवरण, रोजगारीको अवस्था, वैदेशिक रोजगारीलगायतका विषयमा जानकारी लिने काम अभियानअन्तर्गत भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यस अभियानले पार्टी संगठनलाई मजबुत बनाउँदै लैजाने र पार्टी शुद्धिकरण एवम् सुदृढीकरणका लागि कोसेढुंगा साबित हुने विश्वास सिंगो पार्टी कमिटीले लिएको छ । साथै यसले एमालेलाई वडा वडामा क्रियाशिल गराएर जनतासँग जोड्न प्रभावकारी भूमिका खेल्ने पार्टी कमिटीको विश्वास छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement