0Shares

भरतपुर-  चितवनमा ‘दादुरा रुबेला खोप अभियान २०८०’ सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय चितवनले यहाँका सात वटा स्थानीय तह मार्फत फागुन १३ गतेदेखि चैत्र १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप अभियान दुई चरणमा सञ्चालन गरिने कार्यालयले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका, र इच्छाकामना गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयका क्षयकुष्ठ रोग अधिकृत जयराम दवाडीले जानकारी दिए । दोस्रो चरणमा कालिका, रत्ननगर राप्ती र खैरहनी नगरपालिकमा फागुन २२ गतेदेखि चैत्र एक गतेसम्म सञ्चालन हुनेछ । यस खोप ९ महिनादेखि १५ बर्ष मुनिका बालकालिकालाई लगाइने छ । अभियानमा ५ बर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने अधिकृत दवाडीले जानकारी दिए ।

यस अभियान अन्तरगत जिल्लामा एक लाख ६१ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य राखिएको छ । त्यसका लागि १ हजार ६ सय स्वास्थ्यकर्मी, तथा २ हजार २ सय स्वयसेवक खटिने छन् । उनीहरु तालिम लिएर खोप लगाउन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक रुपाखेतीेले जानकारी दिए । खोप लगाउन जिल्लामा ७ सय वटा खोपकेन्द्र तोकिएको छ । त्यसमध्ये अधिकांश विद्यालय रहेको उनले जानकारी दिए । उनका अनुसार कक्षा १० सम्म अध्ययनरत सबै बालबालिकालाई खोप लगाइन्छ ।

चितवन दादुरा रुबेलाको उच्च जोखिम रहेको जिल्ला समेत हो । यहाँ पछिल्लो पुस महिनासम्म ५२ जनामा दादुरा देखिएको थियो । जिल्लामा अझै ८ सय बालबालिका नियमित खोप लगाउन छुटेको उनले जानकारी दिए । नेपालमा बच्चाले नियमित १३ वटा खोप लगाउने गर्दछन् । त्यसमध्ये अधिकांश डिपिटि, पिसिभि, आइपिभि खोप लगाउन छुटेको उनले बताए । उनका अनुसार जिल्लामा ४ प्रतिशत बालबालिका खोप लगाउनबाट पूर्ण बन्चित छन् । १६ प्रतिशतले खोप पूर्ण पाएका छैन् भने ८३ प्रतिशतले मात्र पूर्ण खोप लगाएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

१९ जिल्लामा १ हजार ३ सय ४९ जनामा दादुरा रुबेलाका बिरामी फेला परेपछि देशभर खोप लगाउन थालिएको हो । दादुरा रुबेलाका देखिने जिल्लामा चितवन पनि एक हो । बागमती प्रदेशमा राजधानीका ३ जिल्ला र चितवनमा यस रोगका बिरामी देखा परेका थिए । २०२६ मा यस रोगलाई निवारण गर्ने गरी खोप अभियान सञ्चालन गरिएको उनले बताए । गर्भवती, एड्स, कोमोलगायका बिरामी, स्टोराईज औषधी खाएका बिरामीले यस खोप लगाउन नहुने उनले जानकारी दिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement