0Shares

चितवन, माघ १७-

नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले आज दिउँसो गैंडाकोटको कालीगण्डकी चोकमा ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको मृत्यु भएको हो । सख्त घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

गैँडाकोट प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो । भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठका अनुसार स्वर्गीय पौडेल नेपाली कांग्रेसको संघर्षशील र निष्ठावान नेता हुन् । महासमिति सदस्यसमेत भएका उनी कांग्रेसको तल्लो तहबाट संघर्ष गर्दै मन्त्रीसमेत भएको व्यक्तित्व रहेको श्रेष्ठले बताए । स्वर्गीय पौडेलको दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement