40Shares

चितवन पत्र, ईच्छाकामना। कठ्याड्गिने जाडोबाट विपन्न समुदायका बालबालिका प्रभावित हुन थालेपछि सहयोगी हातहरु अगाडी बढेका छन् ।
लायन्स क्लब अफ चितवन मर्सी राइजले इच्छाकामना गाउँपालिका वडा नम्वर ६ तुन्तेषको श्री राष्ट्रिय आधारभूत विद्यालयलाई न्यानो कपडा एवं खाजा सहयोग गरेको छ ।
खाना र लगाउ नै समस्यामा रहेका सो क्षेत्रका बालबालिकाहरु विद्यालयमा कपडा र खाजा आउदै छ भन्ने सुने लगतै विद्यालयमा उपस्थित भएका थिए । विद्यालयमा अध्ययनरत ८८ जना बालबालिकाहरु लाई न्यानो कपडा तथा खाजा सहयोग गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट सेकेन्ड लायन नबराज सापकोटाले चिसोले साना बाबु नानिहरुलाई निमोनिया लगाएतका रोगहरु लाग्ने हुदाँ केही सहयोग गरौ भन्ने उदेश्यका साथ न्यानो कपडा वितरण गरिएको बताउनु भयो । जाडोबाट प्रभावित विद्यालयका बालबालिकाका लागि कपडा वितरण संगै पढाईमा निरन्तरता दिन सहज होस् भन्ने उदेश्यका साथ न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

 

चितवन मर्सी राइजका अध्यक्ष बिनिता केसी चिसो बढ्दै गएको र विद्यालयमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु अध्ययनरत रहेकाले उनीहरुलाई न्यानो बनाउनको लागि जाडोको कपडा वितरण गरिएको बताउनु भयो । चिसो समयमा विद्यार्थी कपडा वितरण गरेर सहयोग गर्न पाएकोमा सामाजिक कार्यमा उत्साह बढेको उहाँको भनाई थियो ।


कार्यक्रममा विशिष्ट अतिथि एजुकेटिफ चिफ लायन कमल प्रसाद श्रेष्ठ, अतिर्थी इच्छाकामना गाँउपालिका वडा नम्वर ६ का वडा सदस्य राम जि घर्ती लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रममा चितवन रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड, लायन राधिका बस्याल, मिना कोइराला, बालकुमारी श्रेष्ठले सहयोग गर्नु भएको थियो ।

40Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement