0Shares

चितवन – जिल्लामा दर्ता भएका २ सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन् ।

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो निजी जग्गामा संरक्षण गरी वा नयाँ वृक्षारोपण गरी हुर्काएका बिरुवालाई निजी वन भन्ने गरिन्छ । “यस्ता वनमा निजी वन धनीले आफ्नो इच्छा अनुसार वनको विकास, संरक्षण, व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न मूल्य निर्धारण गरी बिक्री वितरण गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।

जिल्लामा दर्ता भएका निजी वनको अनुगमनका क्रममा वन दर्ता गरी बिरुवा रोपणपछि वन व्यवस्थापनको क्रियाकलाप नभएको पाइएको कार्कीले बताउनुभयो । ती वनमा अनुगमन, निरीक्षण र विस्तृत नापजाँचपछि बोटबिरुवाको लगत कायम गरी अद्यावधिक गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

निजी वनको सम्भाव्यता बढी देखिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख कार्कीले निजी वन प्रवर्द्धनका लागि वन धनीलाई स्थान सुहाउँदो बोटबिरुवा वितरण गरी व्यवसायिक रुपमा विस्तार गर्न सकिने बताउनुभयो । निजी वन व्यवथापनमा देखिएका चुनौतिहरु समाधान गर्दै अघि बढ्न सके प्रभावकारी व्यवस्थापन हुने उहाँको भनाइ थियो ।
रासस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement