11Shares
सन्तोष सुवेदी

कास्की, माघ ११ गते । क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । पोखरा १० बुद्धचोकस्थित होटल टास्कबाट मङ्गलबार राति प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो ।

क्यानडा लैजाने प्रलोभन देखाएर अन्तवार्ता लिन विभिन्न व्यक्तिलाई होटेलमा बोलाएको भन्ने गोप्य सूचनाको आधारमा अन्तर्वार्ता लिइरहेको अवस्थामा ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेंसी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रीता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सीमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलङ्कीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौर छन् ।

पार्वती सुनारले छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकाल्नेदेखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाएको प्रहरीले बताएको छ ।

11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement