7Shares

 

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
संस्थाले संस्थाको स्थापना दिवसको अवसरमा सामाजिक उक्तरदायीत्व कार्यक्रम अन्र्तगत कालिका नगरपालिका वडा न ९ सेवा केन्द्र शक्तिखोरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कालिका नगरपालिका उपप्रमुख एवं कार्यक्रमका प्रमुख अतिर्थी बिमला तामा·ले मानविय धर्ममा सबैभन्दा उक्तम कर्म नै रक्तदान भएको बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कूल उपाध्यक्ष एवं कार्यक्रमको विशिष्ट अतिर्थी शान्ति अधिकारीले संस्था स्थापनाको ३३ वर्षे यात्राम विभिन्न सामाजिक कार्यक्रम गरिएको बताउनु भयो । सहकारीले बचत र लगानी मात्रै नगरी समाजमा रहेका सामाजिक कामहरुमा हातेमालो गर्नु निकै राम्रो भएको बताउनु भयो । उहाँले रक्तदान गरेर मानविय धर्म निर्वाह गरेको बताउनु भयो ।


कार्यक्रममा संस्थाका अध्यक्ष साधना प्रोखेलले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमहरुका बारेमा जानकारी दिनु भएको थियो । उहाँले शेयर सदस्यहरु संगै अन्यको पनि साथ र सहयोगले संस्था आज यो यात्रा गर्न सकेको बताउनु भयो ।

कार्यक्रममा सचिव मञ्जु रेग्मीले संस्थाको बारेमा जानकारी दिनु भएको थियो । उहाँले सदस्यहरु चलायमान भएमात्रै संस्था सञ्चालन गर्न सहज हुने बताउदै बचत र ऋण दुवैमा सदस्यहरुको भूमिका अहंम हुने बताउनु भयो ।

कार्यक्रममा कालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष निलकण्ठ मगर, नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्य समिति चितवनका सदस्य दिपक कुमार खड्का, लेखा संयोजक अम्बिका सापकोटा, सेवा केन्द्र संयोजक लक्ष्मी कार्की लगायत संस्थाका विभिन्न उपसमितिका सदस्यहरु, संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।

रक्तदान जीवन दान हो भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै सो कार्यक्रममा ११ जना महिला सहित ३३ जनाले रक्तदान गर्नु भयको थियो ।

7Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement