0Shares

शान्ता अधिकारी, चितवन। गोपाल चेपाङ बाटोमा भेटिए एकाबिहानै । रातभरी चमेरो सिकार गर्न हिडेका उनको हातमा दुईवटा चमेरो थियो । चितवनको कालिका नगरपालकिा वडा नम्वर १० कजिङलालका गोपालले हातको जालो देखाउदै भने, रातभरीमा यही दुईवटा हो ।

“चेपाङले सुनाए, आज भोलि चमेरै थोरै आउँछ रूखमा । ती आउँदैन । चिउरी नि मासिँदै गाछ । हामी भुरा हुँदा हाम्रो बाउले बेस्सरी चमेरा माथ्र्यो, मलाई नि बाउले नै सिकाको हो सिकार गर्न ।” चमेरा उडेर जालमा ठोकिन आएपछि जाल बटार्न छिटो हात चलाउनुपर्ने र त्यसका लागि कला चाहिने उनको भनाइ थियो । नत्रभने चमेरा जाल परे पनि फुत्किन्छ ।

बाल्यकाल सम्झदै गोपालले भने, “भुरा हुँदा म पनि बाउसँगै सिकार गर्न जान्थेँ । बाउले चमेरा जालमा पाथ्र्यो, मचाहिँ चमेरा मार्दै झोलामा हाल्थेँ । तर, आजभोलि रातमा दुई, चारवटा चमेरा पनि पाउन मुस्किल छ ।’  रातको समयमा गाउँघरका अन्य चेपाङहरूले पनि चमेराको सिकार गर्ने गोपालले सुनाए । दिनमा भन्दा रातको समयमा चिउरीको रस खान चमेरा बढी आउँछन् । त्यसैले रातमै सिकार गर्छम् ।

गोपालजस्तै सोही स्थानका कुलबहादुर चेपाङ पनि चमेराको सिकार गर्न जाने बताउँछन् । पुर्खौँदेखि चमेरा सिकार गर्दै आएको उनको भनाइ थियो । सुरुसुरुमा त लाज पनि लागेथ्यो,’ उनले भने, “आफ्नो संस्कार–संस्कृति रहेछ भनेर थाहा भएपछि चमेरो सिकारलाई संस्कारको रूपमा विकास गर्न लागेँ ।”

चेपाङ समुदायले चमेराको मासुलाई औषधिको रूपमा समेत प्रयोग गर्ने बताइन्छ । मुखको हर्सालगाएत विभिन्न रोगको औषधिको रूपमा चेपाङहरूले चमेराको मासुलाई लिने गर्छन् । चिउरीको फूल फुलेको समयमा चमेरा रस खान आउने भएकाले रूखको नजिक जाल थापेर चमेरा मार्ने प्रचलन निकै पुरानो हो । चिउरीको रस खाने समयमा चमेराको मासु अन्य समयमा भन्दा मीठो हुने भएकाले चोपाङ समुदायले चिउरीको फूल खेल्ने समयमा चमेराको सिकार गर्ने गर्छन् । तर, पछिल्लो समय चमेरा लोप हुँदै गएको उनीहरू बताउछँन्। भन्छन्, एकरातमा डालोभरी मारीन्थ्यो अहिलेरातभरीमा एक दुईवटा मार्न पनि गाहे छ ।
चमेरा सिकार गर्न आआफ्नो स्थान हुन्छ । एकले अर्काको स्थानमा गएर चमेरा सिकार गर्न पाउँदैनन्, जसलाई उनीहरूकै भाषामा खेवा’ भनिन्छ । उनीहरु एक अर्काको स्थानमा रहेका चिउरीका रुखमा मात्रै चमेरो मार्ने गरेको बताए ।

चेपाङ समुदायले बिहेमा छोरीलाई चिउरीको रूख दाइजो दिने गर्छन् । चेपाङको संस्कारअनुसार चिउरीको रूख चेलीबेटीलाई दाइजोस्वरूप दिएपछि माइती पक्षले भोगचलन गर्न मिल्दैन । दाइजो दिएको चिउरीको रूखमा चमेराको सिकार गरेमा उक्त सिकार आफ्ना चेलीबेटीको घरसम्म पु¥याउनु पर्छ ।
जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र संकटमा पर्दै गएको छ । यो उड्न सक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टो तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै कम हुदै गएको छ ।
वर्ड एजुकेशन सोसाईटी चितवनका पुर्व अध्यक्ष वाँसु विडारी चराहरुको प्रजाति बढे पनि पछिल्लो समय संख्या भने कम हुदै गएको बताउनु हुन्छ । यहाँ चमेरोको संख्या कम हुदै गएपछी संरक्षणको लागि विभिन्न प्रयासहरु गरिएको उहाँको भनाई छ । ओढारमा चमेरो बस्ने भएका कारण डाँडामा चमेरो धेरै पाईन्थ्यो । तर त्यो संख्या पछिल्लो समय घट्दै गएको छ ।
पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाई छ ।

 


चेपाङ हिल ट्रेकमा धेरै चिउरीका रुखहरु हुन्थे । चिउरीको रस चमेरोले खान आउने हो । धेरै रुखहरु काटीएका छन् । पहिला त रुखको संरक्षण गर्नु पर्ने अवस्था छ । उहाँ थप्नुहुन्छ, “चमेरो खाएमा यौन शक्क्ति बढ्ने देखि विभिन्न रोगको औषधी हुने भ्रम छ । त्यही भ्रमले शक्तिmखोरमा चमेरो रेष्टुरेण्ट खुलेको रहेछ । त्यो बन्द गयौं । चेपाङ गाँउका प्रत्येक स्कुलहरुमा सचेतना कार्यक्रम गरेका छौ । गाँउमा कार्यक्रम लिएर जादा हामीलाई धम्काउने, जाने नदिने अवस्था थियो । अहिले कम हुदै गएको छ ।”

चेपाङ समुदायलाई होम स्टे सञ्चालन गर्न लगाएर चमेरो र चरा हेर्नको लागि पर्यटक आउछँन् भनेर जनचेतना जगाउन सकृेमा यसको संरक्षण गर्न सकिने उहाँको भनाई छ । उहाँ थप्नुहुन्छ, “तर यो सरकारी तवरबाट नै हुनुपर्दछ । चिसापानी देखि गढीसम्म चरा क्षेत्र भनेर घोषणा गर्ने तरखरमा छौ । सरकारसम्म यो कुरा पुगीसकेको छ । नगरपालिकालाई यस विषयमा पहल गरेका छौ। चमेरो संरक्षणकै लागि पछिल्लो समय विभिन्न स्थानमा होडी· वोडहरु राखिए पनि सो प्रभावकारी हुन सकेको छैन् ।”

नेपालमा पछिल्लो तथ्याड्ढ अनुसार ५५ प्रजातिका चमेरा भेटिएको छ । संसारमा ७० प्रतिशत मांशहारी र ३० प्रतिशत साहाकारी चमेरा भेटिएका छन् । चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले निकै नै उपयोगी जीव हो । यसले वन जंगल जोगाउन र बिउबिजन परागसेचन गरेर फूललाई परागषेचन गर्न सहयोग गर्ने वर्ड एजुकेशन सोसाईटीका पूर्व अध्यक्ष विडारी बताउनु हुन्छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement