1Shares

चितवन,मंसिर २४-

चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सुर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानी प्रसाद पौडेल घाइते हुनुभएको छ ।

 

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । बेलेरोको ठक्करबाट गम्भिर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अधिकारीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

 

मृतक अधिकारी माडी नगरपालिका १ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुनुहुन्छ । दुर्घटनामा घाइते स्याङजा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement