0Shares

चितवन,कात्तिक १३-

शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले बिद्यार्थीका लागि थप एउटा बस सञ्चालनमा ल्याएको छ । यसअघि कलेजको एउटा बसले चितवनमा सेवा प्रदान गरिरहेको थियो । कलेजले पुनः एउटा नयाँ बस थप गरेर नवलपुर क्षेत्रमा सेवा प्रदान गर्न सुरु गरेको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँले नयाँ बसले नवलपुरको गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दुसम्मका विद्यार्थीहरुलाई निःशुल्क सेवा दिनेछ । यसअघि सञ्चालनमा आएको बसले पश्चिम चितवनको चनौली, पर्वतिपुर, पूर्वी चितवनको पदमपुर, खोलेसिमल लगायतका क्षेत्रबाट विद्यार्थीलाई कलेजमा आवतजावतका लागि सेवा दिइरहेको छ । कलेजले निकट भबिष्यमानै अर्को बस सञ्चालनमा ल्याएर माडी नगरपालिका र राप्ती नगरपालिकाका विद्यार्थीलाई बस सेवा प्रदान गर्ने लक्ष्य बनाएको पौडेलले बताउनुभयो ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

‘बस सेवा सञ्चालन पश्चात टाढा टाढाबाट अध्यननका लागि आउने विद्यार्थीलाई सहजता भइरहेको छ, प्रिन्सिपल पौडेलले भन्नुभयो’, घण्टौसम्म सार्वजनिक गाडी कुरिरहुनपर्ने झन्झट हटेको छ ।’ उहाँले कलेजको आफ्नै बसबाट आवतजावत गर्दा समयको बचत हुने भएकाले विद्यार्थीको अध्ययन अध्यापनमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । कलेजले भरतपुरको लायन्सचोकमा आफ्नै भवन निर्माण गरिरहेको छ । कलेजले शैक्षिक परामर्शदाताको क्षेत्रमा नेपालमा नै पहिलोपटक बस सेवा संचालन गरेर नमूना शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित भएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement