0Shares

चितवन,असोज १८-

जिल्ला प्रशासन कार्यालय चितवन कार्यसम्पादन मुल्याङकनमा निकै कमजोर देखिएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता मूल्याङकमा चितवन ७७ जिल्लामध्ये ७५ स्थानमा परेको हो । चितवनले कार्यसम्पादन मुल्याङकनमा गतबर्ष ६६.१९ अंक प्राप्त गरेको छ । चितवनमा अघिल्लो बर्ष चितवनका प्रमुख जिल्ला अधिकारीमा ७ महिना अस्मान तामाङ र ५ महिना सुरेन्द्र पौडेल रहेका थिए । चितवनमा आउने प्रमुख जिल्ला अधिकारीहरु भरतपुर महानगरपालिका केन्द्रित भएको आरोप लाग्दै आएको छ ।

अन्य नगरपालिकाका जनप्रतिनिधि र नागरिकले जिल्लामा आउने सिडियोेले नागरिकका सरोकारका विषयमा समन्वय नगरेको आरोप लगाउँदै आएका छन् । पछिल्लो उदाहरण हो पुर्वी चितवनका सवारीसाधनलाई नारायणगढ बजार प्रवेश निषेध । यो बिषयमा पुर्वी चितवनका जनप्रतिनिधि र नेताहरुले पटक पटक प्रशासन कार्यालयमा डेलिगेशन आउँदापनि भरतपुर महानगरपालिकाको निर्णयको कारण भन्दै निर्णय पुनःविचार गर्न मानेका छैनन । भरतपुर महानगरपालिकाले नारायणगढ बजारको ट्राफिक व्यवस्थापनलाई लिएर पुर्वबाट आउने स्थानिय रुटका सवारीसाधनलाई केन्द्रिय बस टर्मिनलमा रोक्दै आएको छ । यो बिषयमा पुर्वी चितवनका नागरिकले दबाब दिँदै आएका छन् ।

त्यस अघिको आर्थिक बर्ष २०७८÷७९ मा चितवन कार्यसम्पादन मुल्याङकनमा देशभरमा पाँचौ स्थानमा थियो । हरेक बर्ष गृहमन्त्रालयले आफ्ना मातहतका कार्यालयहरुको कार्यसम्पादन मुल्याङकन गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दबंश न्यौपानेले कागजात अपलोड गर्दा त्रुटी भएका कारण मुल्याङकनमा पछाडि परेको बताउनुभयो । उहाँले चितवनमा भएको निर्वाचन र उपनिर्वाचनका कारण पनि कार्यसम्पादनमा पछाडि परेको जानकारी दिनुभयो ।

मुल्याङकनका आधारमा गुल्मी जिल्ला सबैभन्दा उत्कृष्ट भएको छ । ९६.४४ अंक ल्याएर गुल्मी उत्कृष्ट भएको हो । यस्तै दोस्रोमा रुकुम पश्चिम, तेस्रोमा रुपन्देही, चौथोमा इलाम र पाँचौमा नवलपरासी पूर्व (नवलपुर) रहेको छ । यस्तै कार्यसम्पादन मुल्याङकनको आधारमा अन्तिम ७७ स्थानमा सिराहा जिल्ला रहेका छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement