0Shares

चितवन, असोज ३-

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले लामोसमय सामुदायिक विद्यालय बन्द भएर विद्यार्थीले पढ्न नपाउने अवस्था आए महानगरले एक्सन लिने बताएका छन् ।

रानाले आज कुरा गर्दै शिक्षकको आन्दोलन गर्न पाउने अधिकारसँगै बालबालिकाको पढ्न पाउने अधिकारको पनि शिक्षकले ख्याल गर्नुपर्ने भन्दै विद्यालय बन्द भए एक्सनमा उत्रने बताएका हुन् ।

रानाले भने, ‘ रात रहे अग्राख पलाउँछ भनेझै शिक्षकहरुको आन्दोलनले रातभरमा केही निष्कर्ष आउला भन्ने आशा गरौं । निष्कर्ष नआए पनि शिक्षकहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । लामोसमयसम्म आन्दोलनकै कारणले विद्यार्थीले पढ्न नपाउने अवस्था आएमा भरतपुर महानगरपालिकाले एक्सनमा उत्रन्छ ।’ उनले आन्दोलनले धेरै दिन पठनपाठन अवरुद्ध हुँदैन भन्ने आशा पनि व्यक्त गरे । शिक्षकहरु आफैँ बुझ्ने मानिस भएकोले बालबालिकाको पढ्न पाउने अधिकारबारे भनिरहनु नपर्ने विचार रानाले राखे ।

महानगर शिक्षा विभागका प्रमुख महेन्द्रप्रसाद पौडेलले सरकार र शिक्षकबीच वार्ताको प्रयास भइरहेको भए पनि  वार्ता सार्थक नभएको बताए । शिक्षकको आन्दोलनले महानगरका सरकारी शिक्षकमा पढनपाढन अवरुद्ध भएमा के गर्ने भनेर भोलि बैठक बसी निर्णय लिने उनले बताए । उनले शिक्षकहरुले बालबालिकाको पठनपाठनको अधिकारलाई सम्मान गर्नुपर्ने विचार राखे । उनले भने, ‘विद्यालय बन्द भएर बालबालिकाले पढ्न पाएन भने भरतपुर महानगरपालिकाले केही निर्णय लिन्छ । यसबारेमा महानगरको विज्ञप्ति पनि आउँछ ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement