0Shares

रोजगार बढाऔं, देशमा भएका विकृति विसङ्गति हटाऔँ, शिक्षाको विकास गरौँ, संवैधानिक अधिकारको रक्षा गरौँ , हाम्रो मौलिक संस्कृतिको रक्षा गरौँ जस्ता चेतनामूलक गीतहरु शनिवार आयोजित तीज गीत प्रतियोगितामा घन्किए ।

भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) को आयोजनामा बेस स्तरीय अन्तर विद्यालय तीज गीत प्रतियोगिता शनिवार भरतपुरमा सम्पन्न संस्थागत विद्यालयका महिला शिक्षकहरुले मौलिक र चेतनामूलक गीतहरु घन्काएका हुन । तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रिय सदस्य मोहन लामाले संस्कृतिको संरक्षण गर्नमा तीजका गीतले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आजकल तीजको नाममा देखिएका विकृति विसङ्गतिहरुको अन्त्य गर्न पनि नेपाली महिलाहरु नै अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतियोगितामा नारायणी विद्या मन्दिर शिवघाट प्रथम, ग्रिनल्याण्ड पब्लिक स्कुल भरतपुर द्वितीय र नारायणी पब्लिक स्कुल भरतपुर तृतीय भएका छन् । भरतपुर इङ्लिस स्कुल सोसाइटी वेसका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न तीज गीत प्रतियोगितामा प्याब्सन वाग्मती प्रदेशकी सदस्य ईन्दिरा कार्की प्याब्सन चितवनका प्रमुख सल्लाहकार एवम् पुर्व अध्यक्ष टिकाराम चापागाईं ,प्याब्सन चितवनकी वरिष्ठ उपाध्यक्ष सीता रिजाल ,प्याब्सन चितवनकी सह सचिब शारदा ढकाल ,प्याब्सन भरतपुर महानगरका सचिव मीनराज बस्ताकोटी, वेदका उपाध्याय शिब के,सी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने बेसका सचिब बिष्णुबहादुर बस्नेतले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement