0Shares

चितवन, भदौ ४-

गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलेको छ । साउन ३१ गते भरतपुरबाट रत्ननगरतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले लास बोकेको बोलेरोसहित ६ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए ।

 

बस चालक गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारको चितवन मेडिकल कलेजमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो । परिक्षणपछि परियारले लापसे गरेको पुष्टि भएको सिएमसी स्रोतले जानकारी दियो । प्रहरीले पछिल्लो समय सवारी चालकको मापसे र लापसे चेकिङ गर्दै आएको छ ।

 

अक्सफोर्ड कलेजले दुर्घटनाका सबै घाइतेको उपचार गर्ने जिम्मा लिइसकेको छ भने अधिकांश घाइते निको भएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement