0Shares

१ भदौ, चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको *जेभियर इनटरनेसनल हाइएर सेकेण्डरी स्कुल, कमलपोखरीबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement