0Shares

चितवन,साउन १२-

चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । खैरहनी नगरपालिका वडा नं.१० बडगाँउकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको डाक्टरहरुको लापहरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।

आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । साउन ९ गते ज्वरो र पिसाब सम्बन्धी समस्याका कारण शर्मिला अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । मृतकका जेठाजु नमराज उप्रेतीले चिकित्सकले हाईडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा डाक्टर नभएको नहुँदा बिरामी ज्यान गएको बताउनुभयो । उहाँले अस्पतालको चरम लापरवाहीले सामान्य बिरामीको पनि ज्यान गएको बताउनुभयो ।

यसैबीच अस्पताल प्रशासन र आफन्तबीच अहिले वार्ता चलिरहेको छ । प्रहरी घेरामा वार्ता भईरहेको मृतकका आफन्तले बताएका छन् । अहिले अस्पताल परिसरमा आफन्तहरुको ठूलो भिड लागेको छ । मृतक शर्मिलाका श्रीमान् शम्भु उप्रेती, १० वर्ष र ६ वर्षका दुई छोराहरु छन् ।

यस सम्बन्धमा कुराकानी गर्न खोज्दा अस्पताल प्रशासनको कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement