0Shares

चितवन । भरतपुर बाह्घरेका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु भएको छ ।

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा उनीसँगै पौडी खेल्न गएका अर्का साथी पनि छन् ।

मंगलबार दिउँसो ४ः३० बजे नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर खरेलको मृत्यु भएको छ । उनीसँगै मृत्यु हुनेमा अर्का बागलुङको काठेखोलाका २६ वर्षीय कृष्ण कँडेल रहेका छन् । भरतपुरका २२ वर्षीय खरेल बुबाआमासँग जापान बस्नको लागि डिपेन्डेन्ट भिषामा जापान गएका थिए । उनको पुरानो घर गुल्मी हो ।

खरेल दिउँसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसँग चारजना मिलेर खोलातर्फÞ गएका थिए । खेल्ने योजना नभए पनि चर्को गर्मीका कारण पौड़ी खेल्न पुगेका थिए । उनीहरू उक्त खोलामा प्रायजसो पौड़ी खेल्न जाने गरेका थिए । उनका आफन्तबाट प्राप्त जानकारी अनुसार केही दिन अघि मात्र सोही खोलामा सोही स्थान नजिकै पौड़ी खेल्ने क्रममा जापानी नागरिकको समेत मृत्यु हुन पुगेको थियो ।

नेपालमा आमा बिरामी भएपछि मृतक खरेललाई दुई वटा रेष्टुरेन्टको जिम्मेवारी दिएर केही समयको लागि बाबुआमा नै चितवन आएको उनका साथी सन्दिप खरेलले नारायणी अनलाइनलाई बताए । खबर सुन्नासाथ उनका बुबा आज नै जापान फर्किएको सन्दिपले जानकारी दिए । भरतपुरको होली भिजन स्कुलबाट एसएलसी उतीर्ण गरेका उनले वाल्मीकि कलेजबाट १२ कक्षा उतीर्ण गरेका हुन् ।

अन्य दुईजना साथीहरूसहित खोलामा पौड़ी खेल्न गएका उनीहरू पौड़ी खेल्ने क्रममा खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो ।

प्राप्त जानकारी अनुसार मृतकहरूको अन्तिम सस्कार जापानमा नै गर्ने तयारी छ । प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा दुई जना नेपाली कार्डियोपल्मोनरी अरेस्टमा फेला परेका थिए । उद्धार टोलीका अनुसार एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो । इमाजु नदी जेआर इवाकुनी स्टेशनबाट करिब ३ किलोमिटर टाढाको शहरबाट बग्ने नदी हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement