0Shares

राप्ती चितवन । श्री नमुना स्मृति सामुदायीक सिकाई केन्द्र राप्तीले अन्तर पुस्ता सिकाई हस्तान्तरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी राप्ती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिद्धीलाल स्याङतमले हजुरबुवा पुस्ताले आफुले सिकेको सिपलाई अर्को पूस्तालाई सिकाउनु पर्ने बताउनु भयो । उहाँले नयाँ पुस्तालाई आफ्नो धर्म संस्कृति संगै हातमा भएको सिप सिकाउन सके मात्रै हाम्रो संस्कृति सभ्यता र ईतिहास रहने बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक संगिता भट्राईले सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेको सिपलाई प्रयोग गर्न सकेमात्रै तालिमले सार्थकता पाउने बताउनु भयो । पुराना पुस्ता र नयाँ पुस्ता बिचमा दुरी बढ्दै जादा पुराना सिपमुलक कामहरु पनि लोभ हुने अवस्थामा पुगेका कारण यी र यस्ता कार्यक्रम गर्नु परेको बताउनु भयो ।

 


कार्यक्रममा प्रशिक्षक शान्ता अधिकारीले अन्तर सिकाई भनेको के हो । कसरी एक पुस्ताले सिकेको सिप अर्को पुस्तालाई कसरी सिकाउन सकिन्छ लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सूचना केन्द्रकी उपाध्यक्ष दण्डमाया रोकाले स्वागत मन्तव्य राख्नु भएको थियो । तालिममा स्थानिय पचास जनाको सहभागिता रहेको थियो । कार्यक्रममा हजुर आमा, आमा र नातिनी पुस्ताको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मानवहादुर स्याङतमको अध्यक्षता रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement