0Shares

चितवन,बैशाख २०-

चितवनका व्यवसायी तथा नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको भन्दै दुईजना विरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कँडेलको परिवारले उनको सुसाइड नोटको आधारमा उजुरी दिएको प्रहरीको भनाई रहेको छ ।

 

कँडेल नेतृत्वमा केहि अघिसम्म रहेको अनमोल फिड्स प्रालि बिक्रीपछि खरिदकर्ता प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल र एकजना चार्टर एकाउन्टेले नियमित मानसिक तनाव दिएपछि आत्महत्याको लागि कँडेल विवश बनेको सुसाईड नोटमा उल्लेख भएको पाइएपछि उनको परिवारले उजुरी दिइएको श्रोतको दाबी छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले कँडेलका परिवारले दुईजना विरुद्ध किटानी जाहेरी दिएको बताए । को–को विरुद्ध जाहेरी दिइएको भन्ने विषयमा अहिले नै नाम उल्लेख गर्न नमिल्ने उनको भनाई रहेको छ । घटनाबारे गम्भीर छानबिन भएको भन्दै उनले अहिले नै आरोपित देखिएकाहरूको नाम उल्लेख गर्न नमिल्ने बताए ।

कांग्रेस चितवनका पूर्व जिल्ला कोषाध्यक्ष समेत रहेका कँडेलको आत्महत्या र सुसाइड नोटबारे गम्भीर छानबिन गर्नुपर्ने माग नेपाली कांग्रेस चितवनले राखेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले घटनाको निष्पक्ष छानबिनको माग गरे । ९ पन्नाको सुसाइड नोटमा धेरै विषय खुलेको देखिएकोले यो विषयले देशको खस्कँदो गम्भीर आर्थिक अवस्थाको चित्रण गरेको बताए । सुसाइड नोट अनुसार आत्महत्यासम्म पुग्न बाध्य बनाइएको देखिएको भन्दै उनले निष्पक्ष छानबिनको आफूहरूले माग गरेको उनको भनाई छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement