0Shares

चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडी बढाएको छ । दैनिक भइरहेका घरदैलो र भेटघाटमा पाटीका गतिविधीमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानिय नेताहरुले बताएका छन् ।

 

पालिकामा रहेका सवै वडामा घरदैलो र जागरण अभियानलाई तिब्रता दिएको एमाले कालिका नगर कमिटिका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो । टोलस्तरमा सामुहीक छलफल र घरघरमै भेटघाट भइरहेको बताउदै लामाले हिजोका कमीमजोरी मसिनोगरी समिक्षा भएकाले पाटी पुरानै लयमा फर्किएको बताउनुभयो ।

नेकपा एमालेले अयोजना गरेको मिसन ग्रास रुट अभियानमा टोलटोलमा पुगेको एमाले अहिले चुनावी अभियानमा जनस्तरमै पुगेको अध्यक्ष लामाले बताउनुभयो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा कम मत प्राप्त भएपछि पालिका स्तरका नेता कार्यकर्ता आफ्नो जनमत फर्काउने अभियानमा लागेका थिए ।

चितवन निर्वाचन क्षेत्र २ मा पर्ने कालिकामा अहिले सवैको चासो रहेको छ । गत स्थानिय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको एमालेले प्रतिनिधी सभाको चुनावमा सोचे अनुसारको मत प्राप्त गर्न सकेको थिएन । बैशाख १० गते हुने उप निर्वाचनका लागि एमालेले पाटीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । उम्मेदवारसंगैको घरदैलो कार्यक्रममा विगतको भन्दा धेरै जनसहभागिता बढेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

निर्वाचनको प्रचार प्रासरका क्रममा देखिएको जनसहभागिताले यसपटक कालिकामा एमालेले मत बढाउने अधार देखिएको जानकारी दिदै एमालेका प्रदेश कमिटि सदस्य एवम् कालिका नगर इन्चार्ज टिका रिजालले धेरै भ्रमहरु चिरिएको र पाटीको अभियान टोल स्तरमा पुगेको जानकारी दिनुभयो । कालिकमा एमाले पुरानै लयमा फर्किएको बताउदै उहाँले गत स्थानिय तहमा पाटीलाई प्राप्त भएको मत यसपटकको उपनिर्वाचनमा ल्याउन सक्नेगरी आन्तरीक तयारी सहितको अभियान चलाइएको जनकारी दिनुभयो । ११ वडा रहेको पालिकामा अहिले चुनावी अभियान चलिरहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement