0Shares

 

देवघाट । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई भोजन गराएको छ ।

संस्थाले स्थापना दिवसको अवसर पारेर देवघाट समाज कल्याण केन्द्र वृद्ध आश्रममा आश्रित बुवा आमाहरूलाई खाना खुवाएको हो । कार्यक्रममा बोल्दै नेफस्कून उपाध्यक्ष शान्ति अधिकारीले आर्थिक रूपमा महिलाहरूलाई बलियो बनाउने उदेश्यले स्थापित सहकारीले जेष्ठ नागरिकहरलाई पनि सहयोग गदै आएको बताउनु भयो । उहाँले सहकारीले बाल बचत देखि जेष्ठ नागरिकको बचत गर्ने र बचत गर्ने बानिको बिकास गराउने हुदाँ बुढेसकालमा सहयोग पुग्ने बताउनु भयो ।

नेफ्स्कून उपाध्यक्ष अधिकारीले जीवनभर हात खाली नराखी काम गर्ने बुवा आमाहरुको बुढेसकालमा हातमा पैसा नभएकै कारण बृद्धाआश्रमसम्म आउनु परेको बताउनु भयो ।

सो अवसरमा सचिव साधना पोख्रेलले वर्षमा एक दिन जेष्ठ सदस्यहरुको भ्रमण गराउने गरेको भन्दै उहाँले छोरा बुहारी र छोरीले बुवा आमाको नाममा बचत गर्ने गरेको बताउनु भयो । जेष्ठ नागरिकलाई सरकारले दिएको रकममध्यबाट थोरै थोरै बचत गर्न सकेमा पनि धेरै समस्या सुल्झने बताउनु भयो । वुढेसकालमा खाली हात भएकै कारण अपहेलना हुनुपर्ने अवस्था नआओस भनेर सहकारीले जेष्ठ नागरिक बचतको कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनु भयो ।

सो अवसरमा सहकारीले एक छाक भोजन खुवाएको छ भने आजीवन सदस्य पनि बनेको छ । आश्रममा अहिले ३२ जना जेष्ठ नागरिक बुबा आमाहरुले आश्रय लिएर बस्नु भएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement