0Shares

काठमाडौं । नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेश गर्न नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले सबै बैंकलाई पत्र काटेर नियम विपरीत पि्रमियम बढाएर लिएको ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको हो ।

१५ दिनभित्र ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिँदै राष्ट्र बैंकबाट पत्र आएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । गत आर्थिक वर्षको वाषिर्क वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिदा नै राष्ट्र बैंकले नियम विपरीत पि्रमियम बढाएर लिएको ब्याज फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले स्वीकृत गरेकेा थियो ।

वाणिज्य बैंकहरुले मात्रै गत आर्थिक वर्षमा ऋणीसँगको सम्झौता विपरीत पि्रमियम बढाएर साढे ३ अर्ब भन्दा बढी ब्याज बैंकहरुले असुल गरेको केन्द्र्रीय बैंकले जनाएको थियो ।

उक्त रकम फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले गत आर्थिक वर्षका वित्तीय विवरणको प्रारम्भिक स्वीकृत तथा साधारणसभाको स्वीकृत प्रदान गर्दा उक्त ब्याज फिर्ता गर्न शर्त राखेर स्वीकृत गरेको हो ।

अधिकाम्स बैंकहरुले ब्याज फिर्ता गरिरहेको बताएका छन् । यसैको त्यांक केन्द्र्रीय बैंकले माग गरेको एक बैंकरले बताए ।

राष्ट्र बैंकले बैंकहरुलाई १५ दिनको समय दिएर उक्त विवरण माग गरेको हो । राष्ट्र बैंकले ऋणीको नाम तथा खाता विवरण लगायत कर्जाको प्रकार, ब्याज फिर्ताका लागि छुट्याइएको रकम समेतको विवरण बुझाउन निर्देशन दिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement